२७ जेठ २०८३, बुधबार

५ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ

जेठ १६, २०८२
बाँके
५ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ

बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

नेपाल–भारत सीमा क्षेत्र रुपैडिया हुँदै नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतको उत्तर प्रदेश राज्यका लखनउ निवासी ४० वर्षीय निरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको बताए ।

पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का  एक हजार थान गरी कुल पाँच लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

साथै यूपी ३२ एलबी ६३८९ नम्बरको सुजुकी गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्