
काठमाडौं जिल्ला प्रशासन कार्यालयले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि राजावादी समूहले शनिबार (जेठ १७) को प्रदर्शन स्थल परिवर्तन गरेको छ। अब कार्यक्रम दरबारमार्गमा नभई शान्ति बाटिका (रत्नपार्क) मा हुने भएको हो।
‘संयुक्त जनआन्दोलन समिति’संयोजक नवराज सुवेदीले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा लगाएर सरकारले नागरिकको मानव अधिकार र प्रजातान्त्रिक स्वतन्त्रतामाथि आघात पुर्याएको आरोप लगाए। उनका अनुसार निषेधाज्ञा "सरकार आन्दोलनप्रति आत्तिएको" संकेत हो।
संयुक्त जनआन्दोलन समितिले वर्तमान संविधान र राजनीतिक व्यवस्थाविरुद्ध बिहीबारदेखि काठमाडौंमा शान्तिपूर्ण आन्दोलन सञ्चालन गर्दै आएको छ। प्रदर्शन दिउँसो १ बजेदेखि हुने बताइएको छ ।