२९ असार २०८३, सोमबार

ब्रिजिटले फ्रान्सेली राष्ट्रपतिलाई धक्का दिएको बारे ट्रम्पले के भने ?

जेठ १७, २०८२
काठमाडौं
ब्रिजिटले फ्रान्सेली राष्ट्रपतिलाई धक्का दिएको बारे ट्रम्पले के भने ?

दक्षिणपूर्वी एसिया भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन आइतबार भियतनाम पुगेका थिए । भियतनाम भ्रमणको बेलाको एउटा भिडियो फ्रान्सेली सञ्चारमाध्ययममा भाइरल भएको थियो ।

भिडियोमा भियतनामको एयरपोर्टमा पुगेर राष्ट्रपति विमानको ढोकामा उभिएको देखिन्छ । जहाँ रातो ब्लेजर लगाएकी एक महिलाले दुई हातले राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई धकेल्दै गरेको देखिन्छ । 

जब यो दृश्य क्यामेरामा कैद भएको राष्ट्रपतिले चाल पाए तब म्याक्रोनले तत्काल प्रतिक्रिया जनाए, मुन्टो फर्काए अनि मुस्कुराएर प्रेसलाई हात हल्लाए । 

यो दृश्य फ्रान्सेली सञ्चारमाध्ययममा भाइरल भएको थियो । राष्ट्रपति म्याक्रोनलाई धकेल्ने महिला अरू कोही नभएर उनकै पत्नी ब्रिजिट भएको पछिमात्रै पहिचान भएको थियो ।
 
यसले उनीहरूको झगडा भएको हो कि भन्ने बहस जन्माएको थियो । दैनिक पत्रिका पारिसियनले ‘थप्पड वा झगडा ?’ भन्ने शीर्षक राखेर यो समाचार बनाएको थियो ।

तर, म्याक्रोनले पत्रकारहरूसँग कुरा गर्दै उक्त क्षणलाई 'खेलखाल' र 'हास्यपूर्ण' भएको बताएका छन् । 'हामीबीचको सामान्य ठट्टा हो, यसलाई गम्भीर रूपमा लिनु आवश्यक छैन,' उनले भनेका छन् । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस घटनामा प्रतिक्रिया दिएका छन्। उनले हाँस्दै भने, 'ढोका बन्द राख्नुस्,' जसको अर्थ निजी क्षणहरू सार्वजनिक नहोस् भन्ने हो। तर, उनले म्याक्रोन दम्पतीलाई 'सजिला' र 'राम्रो मानिसहरू' भन्दै समर्थन पनि जनाएका छन् ।

ब्रिजिट र इम्यानुएल म्याक्रोनको सम्बन्ध सधैं चर्चा र विवादको विषय रहँदै आएको छ। ब्रिजिट म्याक्रोन, जो म्याक्रोनभन्दा २४ वर्ष जेठी हुन्।

ट्रम्पले फ्रान्सेली राष्ट्रपतिलाई उनकी श्रीमती ब्रिगिटले अनुहारमा धकेलेको फुटेज बाहिरिएपछि म्याक्रोनसँग कुरा गरेको खुलासा गरेका छन् । 'उनी ठीक छन् । तिनीहरू ठीक छन् । तिनीहरू दुई साँच्चै राम्रा मान्छे हुन्,' उनले भने।

salt training

कमेन्ट गर्नुहोस्