२२ असार २०८३, सोमबार

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

जेठ १७, २०८२
काठमाडौं
अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको उनले बताए । 

यो बजेटले अटो क्षेत्रका व्यवसायीहरू खुसी भएको उनको भनाइ छ । 'अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीले स्वागत गर्छौं,' उनले भने । 

यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए ।
 
अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । 

बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्