०७ साउन २०८३, बिहीबार
निगमको निर्णय

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको सस्तियो

जेठ १७, २०८२
काठमाडौं
पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको सस्तियो

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी हवाई इन्धन सस्तो बनाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २।११ ले र डिजेलमा रु. १।०९ ले मूल्य वृद्धि भएको निगमले जनाएको छ। हवाई इन्धनको खरिद मूल्य भने प्रतिलिटर रु. २।५७ ले घटेको छ।

यससँगै निगम सञ्चालक समितिको निर्णय अनुसार आजराति १२:०१ बजेदेखि लागु हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु. २।०० ले र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. १०।०० ले वृद्धि गरिएको हो। यससँगै काठमाडौँमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलको १४३ रुपैयाँ कायम भएको छ । 

यसैगरी हवाई इन्धनको आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर रु. ३।०० ले घटाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने हवाई इन्धन अन्तर्राष्ट्रिय उडान मूल्य ‘ब्रेक इभेन पोइन्ट’ मा राखिएको निगमले जनाएको छ।

साथै, एलपी ग्यास (खाना पकाउने ग्यास) को खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्