
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रूपैयाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रूपैयाँ ११ पैसा र बिक्रीदर १८४ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रूपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १९ रूपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ १६ पैसा र बिक्रीदर चार रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २० पैसा र बिक्रीदर ३७ रूपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ १० पैसा र बिक्रीदर ३२ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २६ पैसा र बिक्रीदर १४ रूपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७६ पैसा र बिक्रीदर २० रूपैयाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ९१ पैसा र विक्रीदर ३५६ रूपैयाँ ४६ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंण्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।