२१ असार २०८३, आइतबार

बाढीले बगायो जलविद्युत् आयोजना, अन्धकारमा २५० परिवार

जेठ १८, २०८२
संखुवासभा
बाढीले बगायो जलविद्युत् आयोजना, अन्धकारमा २५० परिवार

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।

भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । 

शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । 

बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्‍याउँदा गाउँ विजुलीविहीन भएको हो 

बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौं रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गृह बनाउन र पुनः बिजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए ।

त्यस्तैगरी बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला–३ हटिया र हुङहुङ सडक बगाएको छ ।

बाढी खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । बाढीले खाँदबारी–किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्