![माधव नेपालसहित यी ९३ जनामाथि दायर भयो भ्रष्टाचार मुद्दा [सूची]](https://lktcdn2.prixacdn.net/media/Madhav_Nepal_1_7u307r1ttE.png)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार तत्कालीन कानून तथा न्यायमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री (हाल दिवंगत) डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
तत्कालीन मुख्य सचिव (हाल दिवंगत) माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणि जोशीलाई प्रतिवादी बनाइएको छ ।
सोही मन्त्रालयका तत्कालीन उपसचिव कलानिधि पौडेल, उपसचिवहरू गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि केसी, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सोही विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायब सुब्बा बुद्धि बहादुर कार्कीलाई पनि प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, नायब सुब्बा केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मालाई पनि प्रतिवादी कायम गरिएको छ ।
हेर्नुहोस् सूची :