
पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा भएको पत्र संसद् सचिवालय पुगेको छ ।
आयोगले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
दिउँसो सोही ब्यहोराको जानकारीसहितको पत्र आइपुगेको संसद् सचिवालयले जनाएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बनमा परेको छ ।