
रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका- ५ तातोपानी बस्ने २४ वर्षीय फुर्पुनाम्घेल तामाङ र २२ वर्षीय दावानुर्पु तामाङ छन् । उनीहरूलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।