२२ जेठ २०८३, शुक्रबार

डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

जेठ २८, २०८२
काठमाडौं
डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ६ लाख रूपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

‘नेपाल प्रहरीको डीएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर ६ लाख रूपैयाँ ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो’, एसपी बोहराले भने । 

पक्राउ परेकामध्ये ज्ञानबहादुर २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले बताए । 

salt training

कमेन्ट गर्नुहोस्