२४ असार २०८३, बुधबार

दक्षिण अफ्रिकामा बाढीका कारण छात्रछात्रासहित ९ जनाको मृत्यु

जेठ २८, २०८२
काठमाडौं
दक्षिण अफ्रिकामा बाढीका कारण छात्रछात्रासहित ९ जनाको मृत्यु

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाढीले एउटा स्कूल बस बगाएपछि हराइरहेका बालबालिकाको खोजी उद्धारकर्मीले गरिरहेका छन् ।

भारी वर्षा, हिमपात र चिसो हावाहुरीका कारण पूर्वी केप प्रान्तका क्षेत्रहरू प्रभावित भएका छन् र देशका अधिकांश भागमा गत हप्तादेखि नै व्यापक जाडो महशुस भएको थियो । 

ओआर ताम्बो जिल्लामा मुसलधारे वर्षाका कारण आएको बाढीका कारण नौ जनाको मृत्यु भएको स्थानीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाढीले बगाएर ल्याएको मिनीबसमा सवार बालबालिकाको खोजी कार्य बुधबार जारी रहेको बताइएको छ ।

पूर्वी केप प्रान्तीय सरकारका प्रवक्ता खुसेल्वा रान्टजीले एएफपीसँग कुरा गर्दै बसमा कति जना बालबालिका वा वयस्क थिए भन्ने पुष्टि गर्न नसकिएको बताए । 

दक्षिण अफ्रिकी टिभी स्टेसन न्यूजरुम अफ्रिकाले घटनास्थल नजिकै रहेका एक रिपोर्टरसँग कुरा गर्दै बुधबार दिउँसो १० जनाको शव फेला परेको जनाएको छ । विभिन्न पत्रपत्रिका र अनलाइनहरूले बसको क्षमता २२ जनासम्म यात्रु बोक्न सक्ने रहेको बताएका छन् ।

दुर्घटनामा परेका तीन जना बालबालिकालाई पानीको बहावबाट बच्नका लागि घण्टौंसम्म रुखमा बिताएपछि उद्धार गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्