
काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ।
बिहीबार बिहान थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाने क्रममा बा १ घ ४१८८ नम्बरको टेम्पोको ठक्करबाट घाइते भएकी प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको छ । उनको अवस्था सामान्य छ ।
प्रहरीले टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ ।