३२ असार २०८३, बिहीबार
छिटै प्रवेश गरेको मनसुन ढिलोगरी फैलियो

पाँच प्रदेशमा फैलियो मनसुन, बाग्मतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

मौसमविद् भन्छन्– देशभर फैलिन अझै केही दिन लाग्छ
जेठ ३०, २०८२
काठमाडौं
पाँच प्रदेशमा फैलियो मनसुन, बाग्मतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

१५ दिनअगावै नेपाल भित्रिएको मनसुन बल्ल फैलिन थालेको छ । कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन १५ दिनपछि पाँच प्रदेशमा फैलिएको हो । 

हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रका थोरै क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसका साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसमेत छ ।

जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

यसअघि जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो । त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो । 

कोशीबाट फैलिन नपाएको मनसुन अहिले बल्ल फैलिन लागेको हो । अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने महाशाखाका मौसमविद् गोविन्द झा बताए । मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् आज हो ।

salt training

कमेन्ट गर्नुहोस्