११ साउन २०८३, सोमबार
रास्वपाप्रति कांग्रेस सांसदको कटाक्ष

‘काण्डै-काण्डले गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने सांसदले कांग्रेसलाई नैतिकताको पाठ पढाउने ?’

असार १, २०८२
काठमाडौं
‘काण्डै-काण्डले गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने सांसदले कांग्रेसलाई नैतिकताको पाठ पढाउने ?’

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्‌मा नाराबाजी गरेपछि कांग्रेस सांसदहरू रास्वपाप्रति आक्रोशित बनेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सांसद नागिना यादवले रास्वपा सभापति रवि लामिछानेबारे प्रश्न गरेका हुन् ।

उनीहरूले ५ जिल्लामा सहकारी ठगीको मुद्दा खेपेको व्यक्तिलाई पार्टी सभापति मानेको रास्वपाले गृहमन्त्रीको राजीनामा माग्नु आपत्तिको विषय भएको बताए । ‘रास्वपा सभापतिको ५ जिल्लामा सहकारी ठगीको मुद्दा विचाराधीन छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलेको छ,’ सांसद यादवले भनिन्, ‘सहकारी मात्र होइन नागरिकता र पासपोर्ट काण्डमा उहाँको पद नै गएको थियो । काण्डै काण्डले भरिएका यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने यी सांसदले नैतिकताको पाठ कसलाई पढाउने ?’

लामिछानेलाई गन्हाएको व्यक्तिभन्दा रास्वपा सांसदहरू आक्रोशित बनेका थिए । यादवले कर्मचारीले गल्ती गरेको कुरामा मन्त्रीलाई मुछ्न नमिल्ने बताइन् ।

आकस्मिक समयमै सचेतक घिमिरेले सहकारी ठगीको मुद्दा लागेको व्यक्तिलाई नहटाएर अरुलाई नैतिकताको पाठ सिकाउनु हास्यास्पद भएको बताए । ‘सहकारी ठगीको मुद्दा खेपिराखेका व्यक्तिलाई पार्टी सभापतिको पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ? ५ वटा मुद्दामा जेलमा रहेका व्यक्तिलाई सभापतिबाट हटाउन नसक्नेले नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ?,’ उनले प्रश्न गरे । 

salt training

कमेन्ट गर्नुहोस्