१० साउन २०८३, आइतबार
सानो पाइला सहकारी ठगी

वास्तविक ठेगाना नखोली सहकारी सदस्य बनेका थिए रवि, भोलिपल्टै लिएका थिए डेढ करोड ऋण

असार १, २०८२
काठमाडौं
वास्तविक ठेगाना नखोली सहकारी सदस्य बनेका थिए रवि, भोलिपल्टै लिएका थिए डेढ करोड ऋण

पर्साको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट व्यक्तिगतरूपमा डेढ करोड रुपैयाँ लिने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सो संस्थाको सदस्य समेत बनेको पाइएको छ ।

रविले १ लाख रुपैयाँमा सहकारीको सदस्य बनेर भोलिपल्टै ऋण लिएको जिल्ला अदालत पर्सामा आइतबार दर्ता भएको अभियोग पत्रमा उल्लेख छ । यसरी सदस्य बन्ने क्रममा रविले आफ्नो वास्तविक ठेगाना उल्लेख नगरेको देखिन्छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले रविविरुद्ध ११ करोड ५६ लाख ४९ हजार रूपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो । उनीसहित २९ जनालाई प्रतिवादी बनाइएको छ ।

लामिछानेले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन भएको कुल रकममध्ये व्यक्तिगतरूपमा ऋण लिएको १ करोड ५० लाख र उनी गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक/प्रबन्ध निर्देशक/शेयर सदस्यमा बहाल रहँदाको अवधिमा लिएको १० करोड ६ लाख ९४ हजार रूपैयाँ सहित कुल ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो कायम गरिएको हो ।

रवि २०७८ साउन १८ गते सदस्य बनी सोही मितिमा उनको नामको बचत खाता नम्बर ००१-००१-०२-००११६४२ मा १ लाख रकम शेयरबापत जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । सोही मितिमा उनको नाममा ऋणी खाता (००१-००१०११७-०००१८३३) खोली भोलिपल्ट १ करोड ५० लाख रूपैयाँ ऋण लिएको अभियोगपत्रमा उल्लेख छ ।

‘उक्त ऋण २०८२ साउन १८ सम्मका लागि १२% का दरले ब्याज भुक्तानी गर्ने गरी लिएको र सो ऋण रकम लिने क्रममा रवि लामिछानेको ठेगाना बागमती काठमाडौं उल्लेख गरेको, नोमिनीको रूपमा श्रीमती निकिता पौडेल र बुवा लालचन्द्र लामिछानेको नाम उल्लेख भएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

null

उक्त ऋण लिने क्रममा रवि लामिछानेको नाममा सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा १ लाख रूपैयाँको शेयर कायम भएको समेत देखिएको अभियोगपत्रमा उल्लेख छ ।

‘लामिछानेको नाममा दिइएको उक्त ऋण सोही दिन अर्थात् मिति २०७८ साउन १९ मा नै गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा हुने गरी भुक्तानी दिएको समेत देखिन्छ । गोर्खा मिडिया नेटवर्क प्रालिको निज प्रतिवादी रवि लामिछाने खाता सञ्चालक रहेको ग्लोबल आइएमई बैंक लि.को ००४०१०१००००५७७ नम्बरको खाताको स्टेटमेन्ट अध्ययन गर्दा उक्त रकम सोही दिन गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

लामिछानेको नाममा कायम भएको व्यक्तिगत ऋण रकम १ करोड ५० लाखको सावाँ ब्याजसहित मिति २०७९ साउन ११ गते १ करोड ८६ लाख ९४ हजार ६०४ रूपैयाँ भएकोमा उनले ऋण तिर्नुको साटो गितेन्द्रबाबु राईको नाममा ट्रान्सफर गराएको पाइएको छ ।

‘सहकारी संस्थालाई कुनै पनि रकम भुक्तानी नदिई यिनै प्रतिवादीको मिलेमतोमा निजको नामको ऋण रकम प्रतिवादी गितेन्द्रबाबु राईको नाममा ट्रान्सफर गराएको तथ्यबाट समेत सहकारीको बचत रकम अपचलन गर्ने कार्यमा यी प्रतिवादीको गितेन्द्रबाबु राई तथा निज निर्देशित अन्य व्यक्तिहरूसँग मिलेमतो र संलग्नता पुष्टि हुन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्