
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरिए बास र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, इजरायल र इरान युद्धका कारण इजरायलमा रहेका नेपालीको सुरक्षाका विषयमा समेत उनीहरूबीच कुराकानी भएको छ ।
पछिल्ला केही दिनयता इजरायल र इरानले एक अर्कामाथि मिसाइल आक्रमण गरिरहेका छन् ।