
सर्लाहीको गोडैता नगरपालिका-६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको मृत्यु भएको थियो ।
उनको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।