
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
देवकोटा चोकबाट मेडिकल कलेजतर्फ जाँदै गरेको यूपी ५६ एभी ५४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।