३१ असार २०८३, बुधबार

इजरायल–इरान द्वन्द्वको बारेमा ट्रम्पले के सोचिरहेका छन् ? ह्वाइट हाउसको यस्तो खुलासा

असार ६, २०८२
काठमाडौं
इजरायल–इरान द्वन्द्वको बारेमा ट्रम्पले के सोचिरहेका छन् ? ह्वाइट हाउसको यस्तो खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरानबीच जारी द्वन्द्वमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न हुने वा नहुने भन्नेबारे आगामी दुई हप्ताभित्र निर्णय गर्ने बताएका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार राष्ट्रपति ट्रम्प अहिलेको संवेदनशील परिस्थितिमा हतारमा निर्णय लिन चाहँदैनन् र कूटनीतिक विकल्पहरूबारे पर्याप्त छलफल गर्न इच्छुक छन्।

उनले पत्रकारहरूलाई भनिन्, "राष्ट्रपति ट्रम्पको स्पष्ट सन्देश यस्तो छ: इरानसँग वार्ता हुनसक्ने सम्भावना अझै बाँकी छ। त्यो सम्भावना सफल हुन्छ वा हुँदैन भन्नेबारे निश्चित नभए पनि उहाँले अर्को दुई हप्ताभित्र निर्णय गर्नुहुनेछ कि अमेरिका इरानविरुद्ध प्रत्यक्ष रूपमा अघि बढ्ने कि नबढ्ने।"

बीबीसीका उत्तर अमेरिका प्रमुख संवाददाता ग्यारी ओ’डोनोहुका अनुसार ट्रम्पको यो अभिव्यक्तिले द्वन्द्व समाधानका लागि कूटनीतिक मार्ग खुला रहेको संकेत दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्