०१ असार २०८३, सोमबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

असार ६, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार १ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका- १३ छाउनी बस्ने सोही महानगरपालिका- २२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा २१ लाख रुपैयाँ बराबरको बिगो रकम र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका- १३ बाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्