
काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले शुक्रबार बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।
उक्त मुद्दामा सजाय निर्धारणका लागि यही असार १६ गते पेशी तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १५ गते सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।
गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिबाट बस्नेतले श्रीमती उर्मिला बस्नेतका नाममा घरजग्गा खरिद गरिएको दाबी गर्दै आयोगले उनलाई पनि प्रतिवादी बनाएको थियो । तर विशेषले उर्मिलालाई भने सफाइ दिएको छ ।
यो पनि पढ्नुहोस्
नागार्जुनका मेयर बस्नेतविरुद्ध ८ करोड ७० लाख गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर
नागार्जुनका मेयरविरुद्ध १३ करोडको सम्पत्ति शुद्धीकरण र ९ करोडको भ्रष्टाचार मुद्दा दायर