३० असार २०८३, मंगलबार

स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याउँदै नेपाल

असार ६, २०८२
काठमाडौं
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याउँदै नेपाल

त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको लागि एक सय ९४ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको टिटउट रङ्गशालामा टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको हो ।

स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र छ छक्कासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै  ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे । यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक–एक विकेट हात पारे । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्