१९ असार २०८३, शुक्रबार

कारागारबाट रविको सन्देश- देशप्रेमीलाई पन्छ्याइँदैछ, मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् [पूर्णपाठ]

असार ७, २०८२
काठमाडौं
कारागारबाट रविको सन्देश- देशप्रेमीलाई पन्छ्याइँदैछ, मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् [पूर्णपाठ]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धका आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन् । भैरहवा कारागारबाटै एक अपील जारी गर्दै उनले राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाअनुसार आफूमाथि आरोप लगाइएको बताएका हुन् ।

मलाई जनताबाट पाएको समर्थन र साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको उनको भनाइ छ । लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन् । 

 जनतालाई धैर्य गर्न उनले आग्रह गरेका छन् ।‘म फेरि जनताको बीचमा आई जिम्मेवारी वहन गर्न तयार छु,’ अपीलमा भनिएको छ, 'यो सस्तो राजनीति हो। जनतालाई झुक्याउने खेल हो। तर म टुक्रिन तयार छु, झुक्न सक्दिनँ ।’

रास्वपा स्थापनाको तेस्रो वर्ष पूरागरी चौथोमा प्रवेश गर्दा सभापति रवि लामिछानेको उपस्थिति विनै स्थापना दिवस मनाइएको छ। सहकारीको बचत रकम ठगी अभियोगमा पूर्वपक्षका लागि उनी कारागारमा छन् । 

आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको उनको दाबी छ । ‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् । २०४६ सालपछिका ३६ वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै। राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र । घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए। तर, विचार गर्दै जाँदा गएका ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन । यिनीहरूले मलाई जेल हाले भनेर के दुखमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’  


 

salt training

कमेन्ट गर्नुहोस्