![माइतीघर मण्डलाबाट हिँडेरै संसद् पुगे रास्वपा सांसद [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rastriya_Swatantra_Party_1_QcVW8uNCXc.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू हिँडेरै संसद् भवन पुगेका छन् ।
शनिबार बिहान काठमाडौंको माइतीघरबाट हिँडेर नयाँबानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।
पार्टी स्थापना दिवसका अवसरमा रास्वपाका सांसदहरू कार्यक्रम स्थलबाट हिँडेर संसद् पुगेका हुन् ।
उनीहरूले पार्टी सभापति 'रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर' लगायतका पम्प्लेट पनि बोकेका थिए ।
तस्वीरहरू








