काठमाडौं, ६ माघ — ऋषि कपूरले हालै आफ्नो आत्मकथा ‘खुल्लम खुल्ला : ऋषि कपूर अनसेन्सर्ड’ सार्वजनिक गरेका छन् । जे कुरा पनि सिधै भन्ने उनको बानी किताबभरि छरिएको छ ।

फिल्मी अवार्ड किनेको कुरादेखि लिएर आफ्ना बुवा राज कपूरका लभ अफेरसम्म सबै कुरा उनले पुस्तकमा खुलस्त लेखेका छन् ।
यही किताबमा उनले अमिताभ बच्चनका बारेमा पनि खुलासा गरेका छन् । बच्चनले आफ्ना सहकलाकारलाई दिनुपर्ने जति सम्मान नदिने गरेको उनले लेखेका छन् । तर यसका साथसाथै उनले बच्चन गजबका अभिनेता भनी लेखेका छन् ।
ऋषिका अनुसार अमिताभ आफ्नो जमानाका एक्सन स्टार भएकाले एक्सन फिल्ममा उनलाई नै हाइलाइट गरिने अनि अरू कलाकार छायाँमा पर्ने स्थिति थियो । अरूहरूले सधैं उनीको मापदण्ड अनुरूप चल्नुपर्ने हुन्थ्यो ।
अमिताभले पुस्तक पढेर कस्तो प्रतिक्रिया जनाउलान्, हेर्नै बाँकी छ ।
एजेन्सी