१३ असार २०८३, शनिबार
मध्यपूर्वमा तनाब

अमेरिकी आक्रमणको प्रतिक्रिया दिने इरानको संकेत, विदेशमन्त्री अराघ्चीले के भने ?

असार ८, २०८२
काठमाडौं
अमेरिकी आक्रमणको प्रतिक्रिया दिने इरानको संकेत, विदेशमन्त्री अराघ्चीले के भने ?

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले संयुक्त राज्य अमेरिकाले इरानका शान्तिपूर्ण आणविक पूर्वाधारमा आक्रमण गरेर अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन् । 

आइतबार सामाजिक सञ्जालमा एक्समा एक पोस्ट गर्दै उनले अमेरिकाले गरेको आक्रमणलाई ‘संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानून र आणविक अप्रसार सन्धि’को स्पष्ट उल्लंघन भनेका हुन् ।

‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतमा अमेरिकाले आज गरेको कार्य अन्तर्राष्ट्रिय कानूनमाथिको आक्रमण हो,’ अराघ्चीले भनेका छन्, ‘आज बिहान भएका घटनाहरू निन्दनीय मात्र होइन, तिनको असर दीर्घकालीन हुनेछ ।’

उनले सबै राष्ट्रसंघ सदस्य देशहरूलाई अमेरिकी कदमप्रति सतर्क रहन आग्रह गरेका छन् । ‘यो खतरनाक, नियमविहीन र आपराधिक व्यवहार हो । प्रत्येक राष्ट्रसंघ सदस्य राष्ट्रले यसको बारेमा गम्भीर चिन्ता व्यक्त गर्न आवश्यक छ’, उनले भने ।

अराघ्चीका अनुसार इरानले आफ्नो सार्वभौमिकता, राष्ट्रिय हित र जनताको सुरक्षाका निम्ति सबै सम्भावित विकल्प सुरक्षित राखेको छ । 

उनले राष्ट्रसंघ चार्टरको आत्मरक्षा सम्बन्धी प्रावधानको हवाला दिँदै इरानले वैधानिक प्रतिक्रियाको अधिकार सुरक्षित राखेको प्रष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्