३१ असार २०८३, बुधबार

कांग्रेसका तीन सांसदको संसदीय समितिमा हेरफेर

असार ८, २०८२
काठमाडौं
कांग्रेसका तीन सांसदको संसदीय समितिमा हेरफेर

नेपाली कांग्रेसका तीन सांसदको समिति हेरफेर भएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेसका तीन सांसदले समिति हेरफेर गरेको सूचना दिएका हुन् ।

संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे लेखा समितिबाट शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा फेरबदल भएका छन् । 

यस्तै, चन्दा चौधरी प्राकृतिक स्रोत साधन समितिबाट लेखा समिति र शान्ति विक महिला बालबालिका तथा समाज कल्याण समितिबाट कृषि समितिमा मनोनीत भएकी छिन् ।

सम्बन्धित संसदीय दलको सिफारिसमा सभामुखले समितिका सदस्य हेरफेर गर्ने व्यवस्था छ । 
 

salt training

कमेन्ट गर्नुहोस्