
सुनसरीमा २४ वर्षीया श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका- ५ मुसहरी टोल बस्ने ३० वर्षीय सोनिया मुसहर छन् ।
२४ वर्षीया ढलिसदा मुसहरको हत्या गरेको अभियोगमा उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोनियाले शनिबार राति कुटपिट गर्दा घाइते भएकी ढलिसदाको आइतबार बिहान घरमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।