
यो वर्षको एसइई दिएर बसेर विधार्थीहरुबिचको राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’मा शिवानी थापामगर उत्कृष्ट भएकी छन् ।
राजधानीको कपनमा रहेको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले आयोजना गरेको यो प्रतियोगितामा शिबानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगद र ११ र १२ कक्षाको पूर्ण छात्रवृत्ति जितिन् ।
शनिवार बेलेुका नाचघरमा आयोजित कार्यक्रममा २० जना फाईनल प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरे । देशभरका करिब २८० प्रतिस्पर्धी मध्य फाईनलको लागि २० जना प्रतियोगी चयन भएका थिए । जस मध्यबाट शिवानीले प्रथम पुरस्कार जितेकी हुन् ।
यस्तै सो प्रतियोगितामा दोस्रो हुँदै एग्रिया सिंहले ५० हजार रुपैयाँ सहित प्लस टुको छात्राबृत्ति र गोविन्द गुरुङ कुसुमले तेस्रो हुँदै ३० हजार रुपैयाँ सहित प्लस टुको पूर्ण छात्रवृत्ति जिते । दुबैले पुरस्कार सहित मेडल र ट्रफी पनि पाए ।