२५ असार २०८३, बिहीबार

प्रधानमन्त्रीको बधाईपछि भावुक हुँदै दुर्गेश थापाले भने- धन्यवाद केपी बा

असार ९, २०८२
काठमाडौं
प्रधानमन्त्रीको बधाईपछि भावुक हुँदै दुर्गेश थापाले भने- धन्यवाद केपी बा

कलाकार दुर्गेश थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आफ्नो गीतले १० करोड भ्युज पाएको अवसरमा बधाई दिएका ओलीले दुर्गेशले फेसबुकबाटै धन्यावद दिएका हुन् । 

नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति प्रधानमन्त्रीले देखाएको चासो, संवेदना र सम्मानले आफूलाई असाध्यै भावुक बनाएको उनको भनाइ छ । 

प्रधानमले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय भएको उनले बताएका छन् । 

'नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनुभएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ। दुश्मन हेरेको हेर्‍यै गीतमा १० करोड भ्युजको सफलताप्रति सार्वजनिक रूपबाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ,' थापाले लेखेका छन्,'देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नुभएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो। उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो। म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यो सबै मेरो भगवान रूपी दर्शकहरूको मायाले सम्भव भएको हो — धन्यवाद, मेरा  दर्शक–श्रोताहरू ! धन्यवाद प्रधानमन्त्रीज्यू, केपी बा।'

यसअघि आइतबार प्रधानमन्त्री ओलीले थापाको गीत 'दुश्मन हेरेकोहेर्‍यै' ले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै  बधाई दिएका थिए। प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत गीतले पाँच महिनामै युट्युबमा १०० मिलियन (१० करोड) भ्युज पाउनुले आजको नयाँ पुस्ताको बेग्लै स्वादका गीत/संगीतमा रुचि बढेको पुष्टि हुने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्