२२ असार २०८३, सोमबार
काठमाडौं जिल्ला अदालतको आदेश

सुन तस्करीमा मुछिएकी अमला रोकासँग २ लाख धरौटी माग

असार ९, २०८२
काठमाडौं
सुन तस्करीमा मुछिएकी अमला रोकासँग २ लाख धरौटी माग

सुन तस्करीको आरोपमा पक्राउ परेकी अमला रोकालाई काठमाडौं जिल्ला अदालतले २ लाख रूपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख रूपैयाँ धरौटी तारेखमा राख्ने आदेश गरेको हो । 

रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । 

अमला सुन तस्करी प्रकरणमा हाल थुनामा रहेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले उनलाई खोजिरहेको थियो । उनीविरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी गरेको थियो । 

पूर्वउपराष्ट्रपति एवं माओवादी उपाध्यक्ष नन्दबहादुर पुनसँग निकट रहेकी अमला दावासँगै सुन तस्करीमा लागेकी थिइन् । माओवादी कार्यकर्ता समेत रहेकी उनी लामो समयदेखि फरार थिइन् ।

यो पनि पढ्नुहोस्- सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला

salt training

कमेन्ट गर्नुहोस्