२२ जेठ २०८३, शुक्रबार
अशान्त मध्यपूर्व

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण

असार ९, २०८२
काठमाडौं
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण

 इरानले कतार र इराकमा अवस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ । इरानी मिडियाहरूले अमेरिकालाई 'मजबुत र विजयी' जवाफ दिएको दाबीसहितको समाचार प्रकाशित गरेका छन्। 

इरानी राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार इरानी क्रान्तिकारी गार्डले उक्त मिसाइल प्रहार अमेरिकी आक्रमणको जवाफमा गरेको हो।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको एउटा विज्ञप्तिमा कतारको अल-उदेद एयर बेसलाई लक्षित गरिएको भए पनि कतार वा कतारी जनतालाई कुनै खतरा नभएको उल्लेख गरिएको छ। विज्ञप्तिमा इरान र कतारबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई कायम राख्ने प्रतिबद्धता पनि दोहोर्‍याइएको छ।

इरानी अधिकारीहरूले उक्त आक्रमणमा प्रयोग गरिएका मिसाइलहरूको सङ्ख्या अमेरिकाद्वारा तीन वटा इरानी परमाणु केन्द्रमाथि प्रयोग गरिएका बमको बराबर रहेको छ।

कतारको प्रतिक्रिया : सार्वभौमिकता उल्लङ्घन, तर क्षति छैन

कतार सरकारका अनुसार देशको हवाई सुरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका सबै मिसाइलहरू सफलतापूर्वक निस्तेज गर्न सफल भएको छ। कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले एक्समा लेख्दै यो आक्रमण कतारको सार्वभौमिकता, हवाई क्षेत्र र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको बताएका छन्।

उनले भने, 'यो दुस्साहसी आक्रमणको हामी घोर निन्दा गर्छौँ। सबै सुरक्षात्मक कदमहरू चालिएको थियो र बेसमा रहेका कुनै पनि व्यक्तिलाई कुनै क्षति पुगेको छैन।'

कतारले इरानले आफूलाई लक्षित गरिएको आक्रमण नभएको दाबी गरेपनि उसको कदमले देशको सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै कतारले जवाफ दिने अधिकार सुरक्षित राखेको जनाएको छ।

अमेरिकी प्रतिक्रिया र तयारी

व्हाइट हाउसका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस घटनापछि वेस्ट विंगमा पुगेका छन् र राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ। उच्च सैनिक अधिकारीहरू, संयुक्त प्रमुख सैन्य अधिकृत ड्यान केन र रक्षा मन्त्री पिट हेगसेथ बैठकमा सहभागी छन्।

इरानी आक्रमणपछि कतारको आकाशमा देखिएका उज्यालाहरू र धमाका सम्बन्धी तस्बिरहरू रोएटर्स समाचार संस्थाले सार्वजनिक गरेको छ। ती उज्यालाहरू सम्भवतः मिसाइल अवरोध प्रणालीले आकाशमा गरेका क्रियाकलापहरू भएको बीबीसीले जनाएको छ यसै क्रममा कतारले आफ्नो आकाशीय क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्