
डडेल्धुरा, २१ मंसिर- डडेल्धुराको पर्शुराम नगरपालिका ४ जोगबुडा कटालमा बम भेटिएको छ । प्रदेशसभा र प्रतिनिसिभाको निर्वाचन चलिरहेको बेला मतदान केन्द्र नजिकै बम भेटिएको हो ।
अहिले नेपाली सेनाको क्षेत्री टोली जोगबुडा क्षेत्रमा पुगिसकेको छ । शान्तीसुरक्षा कडा भएकाले ढुक्क भएर मतदान गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।