०३ असार २०८३, बुधबार

एमाले सचिवालय बैठक बुधबार बस्ने

असार १०, २०८२
काठमाडौं
एमाले सचिवालय बैठक बुधबार बस्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । 

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्‌राइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्