२७ जेठ २०८३, बुधबार

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

असार १०, २०८२
हेटौंडा
हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

हेटौँडा उपमहानगरपालिकाले आव २०८२/८३ का लागि दुई अर्ब ९० करोड तीन लाख १० हजार लागतको बजेट प्रस्तुत गरेको छ । 

मंगलबार आयोजित १७औं नगरसभामा उपप्रमुख राजेशकुमार बानियाँले उक्त बजेट प्रस्तुत गरे । सार्वजनिक गरिएको बजेट पुस्तिकाको तथ्यांकमा कूल बजेटमध्ये पुँजीगत र चालु खर्चतर्फको रकम विवरण उल्लेख गरिएको छैन । 

उपमहानगरपालिकाका प्रमुख मीना लामाले सो नगरसभाको उद्घाटन गर्दै हेटौँडालाई आधुनिक सुविधा सम्पन्न सहरमा रूपान्तरण गर्न र कृषि उत्पादन, पर्यटन, कला संस्कृतिको विकासलाई अब दीर्घकालीन रूपमा आयोजना बैंकमार्फत् कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताइन् । 

उनले हेटौँडा नगरलाई औद्योगिक विकास ग्रामको स्तरमा अभिवृद्धि गर्न, हेटौँडा अस्पताललाई स्तरोन्नति गर्ने, विपन्न दलित आदिवासी जनजातिको स्वास्थ्योपचारमा गुणात्मक सेवा प्रदान गर्न उपमहानगरपालिकाले गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने उल्लेख गरे । 

प्रमुख लामाले वनस्पतीखेतीको विस्तार, नगरका सबै वडा समितिमार्फत् सर्वसाधारणको सेवालाई थप गतिशील तुल्याउने र हेटौँडा नगरमा बसोबास गर्ने नेपाली नागरिकबाट तेस्रो सन्तानका रूपमा जन्मदिनेलाई प्रोत्साहन गर्न आगामी वर्षदेखि कोषको स्थापना गरिने बताए । 

उक्त अवसरमा उपप्रमुख बानियाँ, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार सिग्देलले आगामी आवको बजेट दलगत स्वार्थभन्दा माथि उठेर उपमहानगरपालिका क्षेत्रका सबै जनताको आवश्यकता पूरा गर्न भौतिक पूर्वाधार विकासका साथै आर्थिक समृद्धिलाई जोड्ने र नगरमा सुशासन ल्याउने कार्यमा स्थानीय नगर कार्य समिति र राजनीतिक दलहरूको बीचमा सहकार्य र समन्वय हुनुपर्ने बताए । 

मंगलबार सार्वजनिक गरिएको बजेटमाथि यही असार २७ गतेदेखि शुरू हुने नगरसभाको बैठकमा पूर्ण छलफल गरी पारित गर्ने कार्यसूची रहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्