
रुपन्देही र रौतहटमा पोखरी तथा सेप्टिक ट्यांकीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका-६ बोधवार बस्ने राज घर्तीकी छोरी ४ वर्षीया अनाया घर्ती र सोही ठाउँ बस्ने राजकिशोर घर्तीको छोरा ६ वर्षीय शुभम घर्तीको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका-१० बिनुवा टोल बस्ने गमिरा साहको छोरा १ वर्षीय रन्जे साह र सोही ठाउँ बस्ने जगदिश साहकी छोरी १ वर्षीया खुश्बु साहको सोही ठाउँस्थित ट्वाइलेटको सेप्टिक ट्यांकीमा डुबेर मंगलबार राति मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनीहरूको सरकारी अस्पाताल चपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।