२३ जेठ २०८३, शनिबार
पतञ्जली जग्गासम्बन्धी भ्रष्टाचार मुद्दा

माधव नेपालको तर्फबाट बहस गर्न ११७ अधिवक्ताको वकालतनामा, बयानलगत्तै थुनछेक बहस

असार ११, २०८२
काठमाडौं
माधव नेपालको तर्फबाट बहस गर्न ११७ अधिवक्ताको वकालतनामा, बयानलगत्तै थुनछेक बहस

पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा बयान दिन पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालको तर्फबाट बहस गर्न ११७ जना अधिवक्ताले वकालतनामा दर्ता गराएका छन् । 

अधिवक्ता परिवर्तन राईले बुधबार दिउँसो साढे १ बजेसम्म १ सय १७ जनाले नाम टिपाएको र यो बढ्ने क्रममा रहेको जानकारी दिए । बयानका लागि नेता नेपाल बिहान ११ बजे विशेष अदालत पुगेका थिए । 

नेता नेपालको बयान सकिएको र चिया ब्रेकपछि थुनछेक बहस हुने नेपालको तर्फबाट बहस गर्न उपस्थित वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले जानकारी दिए । 

वरिष्ठ अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ, गोविन्द बन्दी, गोपालकृष्ण घिमिरेलगायत पनि थुनछेक बहसमा सहभागी हुने तयारी गरेका छन् । 

पतञ्जलीलाई हदबन्दी भन्दा बढीको जग्गा राख्न तथा साटफेर गर्न दिँदा कानूनविपरीत निर्णय गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गर्ने भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्