०६ साउन २०८३, बुधबार

एक सातादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् इरानका सर्वोच्च नेता खामेनी

असार १२, २०८२
काठमाडौं
एक सातादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् इरानका सर्वोच्च नेता खामेनी

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी एक सातादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । 

इरान र इजरायलबीच युद्धविराम भए पनि उनी सार्वजनिकरूपमा नदेखिएको द न्यूयोर्क टाइम्सले जनाएको छ । 

युद्धविरामपछि पनि उनी सार्वजनिकरूपमा नदेखिएपछि विभिन्न अड्कलबाजी बढेको रिपोर्टमा उल्लेख छ । 

उनको तर्फबाट कुनै बयान पनि जारी गरिएको छैन ।

रिपोर्टमा भनिएको छ, 'जुन १३ मा इजरायल र इरानबीच प्रत्यक्ष सैन्य टकराव शुरू हुँदा खामेनी सुरक्षा कारणले लुकेका थिए।'

salt training

कमेन्ट गर्नुहोस्