१० असार २०८३, बुधबार

सहकारीको सेफ चोरेर प्रहरीलाई गोली हान्ने पक्राउ

कात्तिक २०, २०७४
सहकारीको सेफ चोरेर प्रहरीलाई गोली हान्ने पक्राउ
काठमाडौँ, ६ माघ-ललितपुर बज्रबराही नगरपालिका–३ झरुवारासी स्थित श्री सन्तानेश्वर बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी सेफ तथा अन्य कागजपत्र सहित चोरी गरी फरार रहेका मकवानपुर फाखेल–६ घर भएका २७ बर्षीय कुमार भन्ने निङमा लामा र ३० बर्षीय पेमा लामालाई प्रहरीले पक्राउ गरेको छ ।gun
 
गत भाद्र २३ गते संस्थाको ढोका फोडी सेफ तथा अन्य कागजपत्र सहित चोरी गरी ना. १ ज.३९४८ नम्वरको टाटा सुमोमा लैजान लागेको अवस्थामा चन्द्रागिरी नगरपालिका–११ च्यानडाँडामा प्रहरीले टाटा सुमो चेक गर्न खोज्दा चोर र प्रहरी बीच दोहोरो फाइरिङ भएको थियो ।
उक्त सेफ सहितको टाटा सुमो छाडी भागेका उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी बृत्त चाँपागाउ ललितपुरमा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्