
सप्तरीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका- १ बलानपटी टोल बस्ने ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदा रहेका छन् ।
उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।