२६ असार २०८३, शुक्रबार

उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

असार १३, २०८२
काठमाडौं
उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

उनले शुक्रबार  जंगीअड्‌डामा आयोजित एक कार्यक्रमका बीच केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सहायक रथी केसी यही असार ९ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका हुन् ।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएका छन् । 

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारको उपस्थिति थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्