२९ असार २०८३, सोमबार

पर्सामा ट्रयाक्टर दुर्घटना : २ जनाको मृत्यु, १ घाइते

असार १३, २०८२
पर्सा
पर्सामा ट्रयाक्टर दुर्घटना : २ जनाको मृत्यु, १ घाइते

पर्सामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

वीरगन्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना ५ त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए । 

मृत्यु हुनेमा वीरगन्ज महानगर–२८ बगहीका शिवु  पटेल (राउत) र सोही ठाउँका आकाश पटेल (राउत) रहेका छन् ।

सोही समयमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते  भएका छन् ।

दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्