२६ असार २०८३, शुक्रबार

शनिबार पनि प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले स्पेन भ्रमणबारे जानकारी गराउने

असार १४, २०८२
काठमाडौं
शनिबार पनि प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले स्पेन भ्रमणबारे जानकारी गराउने

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने सम्भावित कार्यसूची छ । 

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ । 

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्