०८ असार २०८३, सोमबार

एक साता लामो चीन भ्रमणबाट स्वदेश फर्किए ऊर्जा मन्त्री खड्का

असार १७, २०८२
काठमाडौं
एक साता लामो चीन भ्रमणबाट स्वदेश फर्किए ऊर्जा मन्त्री खड्का

साङ्घाइको–अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौं ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गएराति स्वदेश फर्किएका छन् । 

बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको उनले जानकारी दिए । आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको उनको दाबी छ। मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानका लागि प्रतिबद्ध रहेको जनाउँदै बैठकमा नेपालले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्यबारे आफूले बैठकलाई अवगत गराएको जानकारी दिए । 

'ऊर्जा अब व्यापारको विषयमात्र होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो, नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकका रूपमा अगाडि बढाउने योजना बनाएको छ,' उनले भने । 

यही असार ९ गतेदेखि १३ गतेसम्म चलेको उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहेको जनाइएको छ ।

उनले चीनमा रहँदा त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए । मन्त्री खड्का उक्त बैठकमा भाग लिन असार ९ गते राति चीन प्रस्थान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्