२१ असार २०८३, आइतबार

माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्लाटिनम अवार्डबाट सम्मानित

असार १७, २०८२
काठमाडौं
माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्लाटिनम अवार्डबाट सम्मानित

माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधाअन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । 

इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ्ग क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ । माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ्ग, नविनतम साइबर सुरक्षा मापदण्डको अवलम्बनजस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरूप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो । 

माछापुच्छ्रे बैंकले विगत २५ वर्षदेखि देशभर वित्तीय पहुँच विस्तार गर्दै सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्