२७ जेठ २०८३, बुधबार

मानव तस्करीमा संलग्न रहेको आरोपमा सुनौली नाकाबाट ४ जना पक्राउ

असार १७, २०८२
बुटवल
मानव तस्करीमा संलग्न रहेको आरोपमा सुनौली नाकाबाट ४ जना पक्राउ

तीन जना बालिकालाई सुनौली नाका हुँदै भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– १३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

तीन नेपाली बालिकालाई ललाइफकाइ भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगन्ज कुँवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोदकुमार धोबी र रुपन्देहीको गैडहवा गाउँपालिका–६ निवासी १९ वर्षीया निर्मला लोध रहेका छन् ।

उनीहरू लामो समयदेखि सीमा क्षेत्रमा सक्रिय रहेर नेपाली बालबालिका र किशोरीलाई विभिन्न प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्यमा संलग्न रहेको प्रहरीको आशंका छ । 

उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्