
किरण धामी
दार्चुला, २१ मंसिर- पहिलो चरणमा मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन दार्चुलामा मतगणना निर्धारित समयमा सुरु भएको छ । कडा सुरक्षा बीच निजामती कर्मचारी आवास गृहमा मतगणना सुरु भएको हो । अहिले प्रदेशसभा क्षेत्र नम्बर १ को मालिकार्जून गाउपालिकाको वडा नम्बर ५ को डाडाकोट र लिमा मतदान केन्द्रको मतगणना भैइरहेको छ, भने प्रदेशसभा क्षेत्र नम्बर २ अन्तरगत अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ को सिती र लुम्थी मतदान केन्द्रको मतगणना भैइरहेको छ । यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत १२ ओटा मतदान केन्द्रको मतगणना चलिरहेको छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तरगग व्यास गाउपालिकाको सिद्ध मावि सिना, मार्मा गाउपालिकाको दह, यस्तै पथरकडा लेकम गाउपालिकाको मकन्ना, नौगाड गाउपालिकाको मावि सिप्टी ९ख०, महाकाली नगरपालिकाको धौकोट, नगरपालिकाका कै दुर्गा लटिनाथ मावि मैखोली, व्यास गाउपालिकाको सम्पाल मावि सुन्सेरा ९ख०, अपिहिमाल गाउपालिकाको खण्डेश्वरी मावि, मार्मा गाउपालिकाको मावि सेरी यसैगरी लेकम गाउपालिकाको मावि चौड विथत्ड केन्द्रको मतगणना जारी रहेको छ । दार्चुलामा ७८ हजार ५ सय १३ मतदाता मध्ये ५४ हजार ४ सय १४ मत खसेका थिए ।