३१ असार २०८३, बुधबार

काठमाडौं महानगरद्वारा छात्रवृत्तिमा कक्षा ११ अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन आह्वान

असार १८, २०८२
काठमाडौं
काठमाडौं महानगरद्वारा छात्रवृत्तिमा कक्षा ११ अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन आह्वान

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन आह्वान गरेको छ ।

एसईई २०८१ मा सहभागी भई ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले असार १८ गतेदेखि २७ गतेसम्म अनलाइन फाराम भर्न सक्ने महानगरले जनाएको छ । 

महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np बाट फाराम भर्न सकिनेछ। आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन हुनेछ र कुनै शुल्क नलाग्ने महानगरको सूचनामा उल्लेख छ । ​

साउन ३ गते छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने छ । 

 

null

salt training

कमेन्ट गर्नुहोस्