
डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको तथा क्रिप्टो कारोबारको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।
शुरूमा प्रहरीले ५२ जनालाई नियन्त्रणमा लिएको थियो ।
तर स्क्रिनिङ गर्दा ६ जनामाथि अनुसन्धान गर्नुपर्ने देखिएपछि अरुलाई हाजिरी जमानीमा छाडिएको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए ।
उक्त समूहले घर पूरै भाडामा लिएर सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी दर्ता गरेर अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको दाबी प्रहरीको छ ।
प्रहरीले उनीहरूको साथबाट १३ लाख ९९ हजार ९५० रुपैयाँ अवैध रकम पनि बरामद गरेको छ ।